बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमको वन मन्त्रीमा ट्वीस्ट: कैलाश र घनश्याम आउट, रामेश्वर इन

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पाउने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि मन्त्री चयन प्रक्रिया पार्टीभित्रकै मतभेदका कारण जटिल बन्दै गएको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूनिकट कैलाश चौधरीलाई सिफारिस गरेकी थिइन् भने संरक्षक रेशमलाल चौधरी पक्षले घनश्याम चौधरीको नाम अघि सारेका थिए।

CNA

तर, घनश्याम चौधरी आफैं पछि सरेपछि पूर्वमन्त्री रामेश्वर चौधरीको नाम सिफारिस गरिएको हो।

Bohora ma 1

दलका नेता समेत रहेका घनश्याम चौधरीले आफू दलको नेता र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति समेत रहेकोले मन्त्री बन्न नहुने भन्दै पछाडि सरेकाे स्रोत बताउँछ।

रामेश्वरले पनि आफूलाई मन्त्री सिफारिस गरिएको संसदीय दलको पत्र प्राप्त गरिसकेको पुष्टि गरेका छन्।

संसदीय दलले रामेश्वर चौधरीको नाम सिफारिस गरेपनि मुख्यमन्त्रीको सचिवालयले अहिलेसम्म औपचारिक पत्र नपुगेको जनाएको छ।

लक्ष्मण किशोर चौधरीको राजीनामापछि मन्त्रालय डेढ महिनादेखि रिक्त छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.