अमरगढीको घटाल माविमा बृहत् योग विज्ञान शिविर हुँदै

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका–३ स्थित घटाल माध्यमिक विद्यालय नुवाकोटमा आगामी जेठ १ गतेदेखि ५ गतेसम्म बृहत् योग विज्ञान शिविर हुने भएको छ।

विद्यालय परिसरमा आयोजना गरिने उक्त शिविरको तयारी तीव्र भएको छ।

GBL NEW

शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको पतञ्जली युवा नेपाल समिति, सुदूरपश्चिमका प्रमुख  गोविन्द खडायतले जानकारी दिए।

योग विज्ञानका प्रशिक्षकहरूबाट ध्यान, प्राणायाम, योग अभ्यास, मानसिक स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीसम्बन्धी विविध अभ्यासहरू गराइने कार्यक्रम रहेको छ।

शिविरमा सहभागिता जनाउन विद्यालय प्रशासनले सबैलाई आह्वान गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.