बाजुरामा प्राध्यापक थापा मृत भेटिए, घटना शंकास्पद 

dream cafe
learnar

बाजुरा : बाजुरा बडिमालिका क्याम्पसका प्रध्यापक ३८ वर्षीय नरेन्द्र थापा बुधवार साँझ मृत अवस्थामा फेला परेका छन्।

बुढीगंगा नगरपालिका–६ सायल घर भएका उनी क्याम्पस नजिकैको साफे–मार्तडी सडक खण्डको छेउमा रहेको नालीमा घोप्टो परेको अवस्थामा भेटिएका हुन्।

Bohora madico

बिहान कक्षा लिन गएका उनी साँझ साढे ६ बजेतिर करिब ५ सय मिटर दूरीमा मृत अवस्थामा फेला परे।

उनका दुवै आँखा फुटेका थिए भने टाउको र मुखमा गहिरा चोट थिए।

HARDIK AGRo NEw

यस्तो अवस्था देखेर स्थानीयहरू चकित छन्। उनीमाथि हमला भएको हुनसक्ने आशंका गरिएको छ।

उनी परिवारबाट टाढा, घरमै एक्लै बस्दै आएका थिए। उनकी श्रीमती स्वामीकार्तिक खापर गाउँपालिकामा शिक्षिका छिन्।

एक छोरा र एक छोरीका बाबु उनी सरल र अध्यापनप्रति समर्पित व्यक्तिका रूपमा चिनिन्थे।

घटनाको प्रकृति देखेर हत्या हुनसक्ने आशंका गरिएको छ। उनको दुवै आँखा फुट्नु र अनुहारमा चोट लाग्नु सामान्य घटनाजस्तो देखिँदैन्

उनको शव बिहीबार बिहान पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी लगिएको छ।


Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.