दलको नेता फेर्ने निर्देशन अटेरीपछि प्रचण्डले खुमलटार बोलाए सुदूरपश्चिमका सांसद

dream cafe
learnar

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई काठमाडौं खुमलटारस्थित निवासमा बोलाएका छन्।

डेढ वर्षदेखि जारी संसदीय दलको नेतृत्त्व विवाद नटुंगिएपछि उनले २४ बैशाख बिहान ९ बजेका लागि सांसदहरूलाई अनिवार्य उपस्थितिका साथ छलफलमा बोलाएका हुन्।

Ird

२०७९ सालदेखि संसदीय दलको नेताका रूपमा रहेका खगराज भट्टलाई २०८० माघ १२ मा हटाउँदै मानबहादुर धामीलाई नेता बनाइएको थियो।

तर उक्त निर्णय पछि संसदीय दल दुई खेमामा विभाजित भएको छ। प्रारम्भमा धामी पक्षमा बहुमत रहे पनि पछिल्लो समय शक्ति सन्तुलन बराबरीमा पुगेको छ।

हाल खगराज भट्टको पक्षमा शिव ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुवर र खगराज भट्ट स्वयं रहेका छन्।

उता मानबहादुर धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक, गीता माल र धामी आफै छन्।

HARDIK AGRo NEw

यसअघि अध्यक्ष प्रचण्डले दुईपटक लिखित निर्देशन पठाउँदै दलको नेतामा पुनरावलोकन गर्न आग्रह गरेका थिए।

तर दुवै निर्देशन अटेरी भएपछि उनले प्रत्यक्ष छलफलका लागि सबै सांसदलाई काठमाडौं बोलाएका हुन्।

गत १४ फागुनमा पनि प्रचण्डले कैलाली भ्रमण अघि विवाद समाधान गर्न सांसदहरूलाई निर्देशन दिएका थिए।

तर उनले पटक–पटक प्रदेश भ्रमण गरे पनि विवाद उस्तै रहेको छ।

गत चैतमा थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनका लागि कैलाली जाँदा पनि विवाद मिल्न नसकेपछि उनी असन्तुष्ट हुँदै काठमाडौं फर्किएका थिए।

पार्टी स्रोतका अनुसार अध्यक्ष प्रचण्ड अब यो विषय टुंग्याउनका लागि निर्णायक अवस्थामा पुगेका छन्।

नेताको अटेरी र गुटगत प्रतिस्पर्धाले माओवादीभित्र सुदूरपश्चिममा नेतृत्व संकट मात्र होइन, केन्द्रको निर्देशनप्रतिको विश्वाससमेत डगमगाएको देखिन्छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.