बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमको शक्तिपीठ घटालथानमा जलधारा पूजा, वर्षाका लागि विशेष अनुष्ठान

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल घटालथानमा आज विशेष जलधारा पूजा सम्पन्न गरिएको छ।

घटालका कारिन्दाले प्राचीन परम्परा अनुसार जल अर्पण गर्दै वर्षाका लागि प्रार्थना गरेर पूजा गरेका हुन्।

CNA

जनविश्वास अनुसार, यो जलधारा पूजा खडेरी परेको समयमा घटाल देवतालाई पानीको कामनासहित गरिने विशेष धार्मिक अनुष्ठान हो।

पूजाको क्रममा घटाल थानमा रहेको पवित्र शिलामा पानी अर्पण गर्ने गरिन्छ।

जनविश्वास छ, जब घटाल देवता प्रसन्न हुन्छन्, त्यो बेला थोरै पानीले पनि शिला भरिन्छ, तर नपत्याए दिनभर पानी हाल्दा पनि शिला भरिन्न।

GBL NEW

धार्मिक किंवदन्तीअनुसार, प्राचीनकालमा दक्षिण भारततर्फबाट ल्याइएको एक शक्तिशाली देवतालाई स्थायित्व नपाएपछि अहिलेको घटाल थानमै स्थापित गरिएको थियो।

महाभारतकालीन पात्र घटोत्कचसँग पनि यस शक्तिपीठको सम्बन्ध रहेको विश्वास गरिएको छ।

उनका प्रभावका कारण यो क्षेत्र आजसम्म श्रद्धालुको आस्थाको केन्द्र रहँदै आएको छ।

यस क्षेत्रमा घटाल देवतालाई ‘इच्छा पुरा गर्ने देवता’का रूपमा पूजा गरिन्छ।

खडेरी लाग्दा पानीको कामनासहित नदी–नालाबाट पानी बोकेर देवताको थानमा अर्पण गर्ने परम्परा आज पनि जीवित छ।

धार्मिक संस्कारसँगै वातावरणीय सन्देश बोकेको यो अनुष्ठानले परम्परा र प्रकृतिको सम्बन्धलाई पुनः उजागर गरेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.