एमाले नेतालाई चर्पी सोहोर्न मेयर हर्कको चुल्है निम्तो

dream cafe
learnar

काठमाडौं : फेसबुकमा अन्टसन्ट स्टाटस लेखेर चर्चामा आएका धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ राईले आज फेरि अर्को तमाशा देखाएका छन्।

प्रधानमन्त्रीको दल नेकपा एमालेका एक कार्यकर्ताको फोटो राखेर उनले सामाजिक सञ्जालमा लाजमर्दो टिप्पणी गरेका हुन्।

Ird 2

‘आइ लभ यु केपी बा’ को नारा घन्काउने युवराज नामका कार्यकर्तालाई अत्यन्त तल्लो स्तरमा गालीगलौज गर्दै हर्कले आफ्नो कार्यालयको ट्वाइलेट सफा गर्न बोलाएका छन्।

Gbl Hard

धेरै फुरफुर नगर्न चेतावनी दिँदै उनले प्रधानमन्त्रीका ती कार्यकर्ता त्यही कामका लागि योग्य भएको बताएका छन्।

स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा रहेका हर्कले फोटो सार्वजनिक गर्दै लेखेका छन्, ‘यो मान्छे को रैछ ! यसलाई कसैले देखे भेटे धरान उपमहानगरको जागिरमा मैले राख्ने भएँ भनी दिनु है ! साह्रै फुरफुर गर्‍यो यो गधाले ! मेरो अफिसको टोइलेट सफा गर्ने काममा लाउनु परो !’

एमालेले हालै भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलेब्रेसन’ कार्यक्रममा ति कार्यकर्ताले काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको चर्को निन्दा गरेका थिए।

युट्युबरले बुम तेर्स्याएपछि धारावाहिक भाषण गर्ने एमालेका ति युवाले ओलीको प्रशंसा गर्दै बालेनलाई भ्रष्टाचारी करार गरेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.