एमाले अछामको अध्यक्षमा उपाध्याय

dream cafe
learnar

अछाम : नेकपा एमाले अछाम जिल्ला कमिटीको ९औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

अधिवेशनले शिवप्रसाद उपाध्यायको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो।

Amargadhi Education

जिल्ला अध्यक्षमा उपाध्याय चयन भएका छन् भने तिलक कुवर उपाध्यक्षमा चयन भएका छन्। पार्टी सचिवको जिम्मेवारी हिरण्ड भट्टराईलाई दिइएको छ।

साथै दुई जना उपसचिवहरू चयन भएका छन् — टोपबहादुर शाही र गौमती शाही। साथै सदस्यहरुको नाम पनि सार्वजनिक गरिएको छ।

अजयमेरु फाैजी केरा

गत शनिबार पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले अधिवेशनको उद्घाटन् गरेका थिए।

कार्यक्रममा एमालेका प्रदेश र केन्द्रका नेताहरूको उपस्थिति रहेको थियो। यस अधिवेशनलाई एमाले अछामको सांगठनिक रूपान्तरणका रूपमा हेरिएको छ।

नवगठित समितिले जिल्लामा पार्टीको प्रभाव र उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.