डडेल्धुरामा काँग्रेसलाई कार्यकर्ता जोगाउनै मुस्किल, देउवाकै वडामा ३२ प्रतिशत कार्यकर्ता हराए

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै वडामा पार्टी सदस्यता नवीकरणप्रति गम्भीर बेवास्ता देखिएको छ।

चैत मसान्तसम्म र त्यसपछि थप १५ दिनको समय दिँदा समेत देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरा–१ मा दर्जनौँ क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेका छैनन्।

Ird

अघिल्लो सदस्यता नवीकरणमा १८० जना रहेका देउवाको वडामा यसपटक जम्मा ११५ जनाको मात्र सदस्यता नवीकरण हुने देखिएको छ।

वडा सचिव मीनराज जोशीका अनुसार, आइतबारसम्म ११० जनाले फर्म भरेका छन् भने थप ५ जनाले नवीकरणको प्रक्रिया थाल्ने बताएका छन्।

मृतक १० जना, पार्टी परित्याग गरेर बीपी कांग्रेस गएका करिब ४० जना र अन्य निष्क्रिय सदस्यहरूलाई घटाउँदा पनि करिब १५ सदस्य निष्क्रिय रहेको देखिएको छ।

HARDIK AGRo NEw

मृतक संख्यालाई घटाउने हो भने ५५ जनाको सदस्यता नवीकरण नहुने अवस्था छ, जुन समग्रको ३२ दशमलव ३५ प्रतिशत हो।

पार्टीको शीर्ष नेतृत्व सम्हालेका देउवाकै वडामा यस्तो निष्क्रियता देखिनु कांग्रेसभित्रै गहिरिएको असन्तोष र कमजोर संगठनात्मक अवस्थाको संकेतका रूपमा हेरिएको छ।

देउवा, उनकी पत्नी परराष्ट्र मन्त्री आरजु राणा, छोरा जयवीरसिंह देउवा र भतिजा भानु देउवाले भने चैत मसान्तभित्रै सदस्यता नवीकरण फर्म भरेका थिए।

तर, स्थानीय नेतृत्वको ढिलाइका कारण उनीहरूको फर्मसमेत पालिकामा पठाउन बाँकी रहेको छ।

गन्यापधुरा गाउँपालिकाका काँग्रेसका शीर्ष नेताको सक्रियता नहुनु प्रमुख समस्या बनेको स्थानीय नेताहरू बताउँछन्।

जिल्लाले वैशाख १५ गतेभित्र सदस्यता अद्यावधिक गरेर केन्द्रमा जानकारी गराउनुपर्ने भए पनि देउवाकै वडाबाट प्रक्रिया टुंगिन सकेको छैन।

सभापति देउवाको वडामा देखिएको यस किसिमको निष्क्रियता र बेवास्ताले पार्टीभित्रको संगठनात्मक कमजोरी मात्र नभइ देउवाको नेतृत्वमा आम कार्यकर्ताको भरोसा घट्दै गएको प्रस्टिन्छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.