एमालेले कञ्चनपुरका लालबहादुरसहित सातजनालाई ‘कम्युनिष्ट योद्धा’ को सम्मान दिने

dream cafe
learnar

डडेल्धुरा : नेकपा (एमाले)ले कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने भएको छ।

आज बसेको सचिवालय बैठकले वैशाख ९ गते पार्टी स्थापनाको दिवसको अवसर पारेर उनीहरुलाई सम्मान गर्ने निर्णय गरेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) लाई सम्मान गरिनेछ।

त्यस्तै, वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने पनि एमालेको निर्णय छ।

निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण भएको दिनको सम्झनामा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.