राजावादीको आन्दोलनमा मिसिए कर्ण मल्ल

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि नेपाली कांग्रेस(वीपी) गठन गरेका कांग्रेस वीपीका बरिस्ठ उपसभापति कर्ण मल्ल राजावादीको आन्दोलनमा मिसिएका छन्।

राजसंस्था र हिन्दू राज्य पुर्नस्थापनका लागि डा.जगमान गुरुङको नेतृत्वमा गठित आन्दोलन समितिले बुधबार काठमाडौँमा आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा सहभागी भएर उनले राजवादीहरुको आन्दोलनमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन्।

GBL NEW

अहिलेका शासकहरुले नेपालको पहिचान र धर्म मासिरहेको भन्दै भन्दै मल्लले राजा ज्ञानेन्द्र शाह नेतृत्वमा आन्दोलन सफल हुने विश्वास व्यक्त गरे।

कुनै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रिय पात्र  मल्ल  राजावादी कित्तामा देखिएका हुन्।

डडेलधुरा जिल्ला सभापतिसमेत भएका मल्ल देउवासँगकै द्वन्द्वका कारण कांग्रेसबाट निकालिएका थिए।

कांग्रेसबाटै प्रदेश सभा सदस्यसमेत भएका मल्लले पछि नेपाली कांग्रेस बिपीमा यात्रा थालेका थिए।

तर उक्त पार्टीका अधिकांश पदाधिकारीलाई कांग्रेसले आफूमा विलय गराएपछि एक्लिएका उनी अब राजावादी बनेका हुन्।

मल्लले केही दिनअघि आफूलाई राजावादी लाइनमा खुलाएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.