काठमाडौं: सिन्धुलीको सुनकोसी गाउँपालिकाले ज्येष्ठ नागरिक,अपाङ्ग,अशक्त र विपन्न नागरिकको निःशुल्क उपचार गरिरहेको छ । असार १ गतेदेखि सुनकोसी गाउँपालिका र आत्मीय सामुदायिक अस्पतालबिच सम्झौता भएर पालिकाभित्रका सबै ज्येष्ठ नागरिक,अपाङ्ग,अशक्त र विपन्न नागरिकको निःशुल्क उपचार भइरहेको सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिएका छन् ।
गाउँपालिकाको ७ वटै वडाका ज्येष्ठ नागरिक,अपाङ्ग,अशक्त र विपन्न नागरिकलाई आत्मीय सामुदायिक अस्पतालमा गएर सेवा लिन प्रशासकीय अधिकृत दर्जीले अनुरोध गरेका छन् ।
स्वास्थ्य संयोजक ओम प्रकाश झा का अनुसार इमरजेन्सी तथा ओपिडी,ल्याब,एक्स(रे,भिडियो एक्स(रे,ई सिजी,बेड चार्ज,स्वल्याब,काष्ठ,माइनर,सर्किजल,अक्सिजन,नेबुलाइजेसन,प्रोसेडयोर लगायतका विभिन्न सेवाहरू लिँदा नागरिकले पैसा नतिर्नु पर्ने बताए।
औषधी र आँखा उपचार सेवा लिँदा लाग्ने खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्ने उनले बताए। सेवा लिन अस्पताल आउँदा ज्येष्ठ नागरिकको हकमा ज्येष्ठ नागरिक प्रमाणपत्र,अपाङ्गको हकमा अपाङ्गता प्रमाणित प्रमाणपत्र र आर्थिक हिसाबले अशक्त तथा विपन्न नागरिकको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र लिएर जान पनि गाउँपालिकाले अनुरोध गरेको छ।