सुदूरपश्चिममा सशस्त्रका २ एसपी र ३ डीएसपीसहित ९ जना सम्मानित

dream cafe
learnar

डडेल्धुरा :  सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी, कैलालीले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा नौ जना सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

शुक्रबार बैद्यनाथ बाहिनी मुख्यालयमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको हो।

Amargadhi Education

सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक तथा जवानहरू रहेका छन्।

अजयमेरु फाैजी केरा

प्राप्त विवरणअनुसार सम्मानित प्रहरी कर्मचारीहरूमा सुरेश सुवेदी, प्रदीपसिंह कार्की, जनकराज उपाध्याय, साजेन्द्र प्रसाद श्रेष्ठ, तुलसिंह केसी, राजेन्द्रबहादुर शाह, मनोज बोगटी र रमेश लुहार रहेका छन्।

उनीहरूलाई सम्बन्धित गण तथा वाहिनीमा कार्यरत रहँदा देखाएको उत्कृष्ट कार्य प्रदर्शनका लागि प्रशंसा गरिएको हो।

बैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १५७ (ख) अनुसार उनीहरूलाई कदरपत्रसहित पुरस्कृत गरेको हो।

सशस्त्र प्रहरी बल नेपालका एआईजी एवं सशस्त्र प्रहरी प्रधान कार्यालयका मानवस्रोत विभाग प्रमुख वंशीराज दाहालले उनीहरूलाई सम्मान पत्र प्रदान गरे।

सम्मानित हुनेहरुमा २ जना एसपी र ३ जना डीएसपी लगायत छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.