अमरगढीमा -१० मा वडाध्यक्ष कप पुरुष भेट्रान भलिबल प्रतियोगिता हुने

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका-१० को आयोजनामा वडाध्यक्ष कप पुरुष भेट्रान भलिबल प्रतियोगिता हुने भएको छ।

नेपाली राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गरिँदै आएको प्रतियोगिताको यस वर्षको संस्करण चैत २७, २८ र २९ गते सञ्चालन हुन लागेको हो।

बोहरा मेडिको सेन्टर

वडाध्यक्ष खेमराज भट्टका अनुसार प्रतियोगिता सहश्रलिङ मावि राईको खेलमैदानमा हुनेछ।

प्रतियोगितामा सहभागी हुन जिल्लाका ७ वटै स्थानीय तहका ५२ वटै वडालाई आग्रह गरिएको छ।

GBL NEW

खेलमा प्रत्येक वडाबाट एक मात्र टिम सहभागी हुन पाउनेछन् भने खेलाडीको उमेर ३५ वर्षभन्दा माथि हुनुपर्ने जनाइएको छ।

प्रतियोगिताका विजयी टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रथम हुने टिमलाई ५० हजार एक, द्वितीयलाई ३० हजार एक र तृतीयलाई २० हजार एक रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

टिम दर्ता चैत २६ गतेभित्र गराइसक्नुपर्नेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.