बोहरा मेडिको सेन्टर

नेकपा एसको सुदूरपश्चिम अध्यक्षमा खड्का, अन्य पदमा को ?

dream cafe
learnar

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन्।

नेकपा (एकीकृत समाजवादी) प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनले सर्वसम्मत रूपमा खड्काको नेतृत्वमा नयाँ प्रदेश कमिटी चयन गरेको हो।

CNA

अध्यक्षमा चयन भएका खड्कासहित विभिन्न पदाधिकारीहरू पनि निर्वाचित भएका छन्।

GBL NEW

धन बहादुर बोहरा र शिव बहादुर कुँवर उपाध्यक्षमा चयन भएका छन् भने सुरेन्द्रमान कार्कीलाई सचिवको जिम्मेवारी दिइएको छ।

यस्तै, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष खड्काले पार्टी संगठन सुदृढीकरण र सुदूरपश्चिम प्रदेशको विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई थप प्रभावकारी बनाउन नवगठित कमिटीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.