बोहरा मेडिको सेन्टर

धनगढी पुगेर माधवकुमारले भने : ओलीले एमाले कब्जा गरेर ‘प्राली’ जस्तो बनाए

dream cafe
learnar

डडेल्धुरा : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले एमाले पार्टीलाई नाजायज रूपमा कब्जा गरेको आरोप लगाएका छन्।

उनले वर्तमान सरकार भ्रष्टाचार र लुटपाटमा मस्त रहेको दाबी गर्दै समाजवादी पार्टी जनता लुट्ने प्रवृत्तिको विरोधमा रहेको बताएका छन्।

CNA

धनगढीमा आयोजित नेकपा (एकीकृत समाजवादी) को पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली नेतृत्वको एमाले पार्टीलाई ‘प्राली’ जस्तो चलाइएको आरोप लगाए।

GBL NEW

‘हामीले बनाएको पार्टीलाई कब्जा गरेर निजी कम्पनीजस्तो बनाइएको छ,’ उनले भने।

उनले वर्तमान सरकारमाथि पनि गम्भीर आरोप लगाउँदै सरकार भ्रष्टाचारमा मस्त रहेको बताए।

‘राजाबादी प्रवृत्तिको नाममा आपराधिक गतिविधिहरू बढ्दै गएका छन्, सरकार भने त्यसलाई रोक्नभन्दा पनि भ्रष्टाचार र लुटपाटमै रमाइरहेको छ,’ उनले भने।

नेपालले समाजवादी पार्टीको उद्देश्य समाज चुस्ने र जनता लुट्ने प्रवृत्तिको अन्त्य गर्नु रहेको उल्लेख गरे।

‘हाम्रो पार्टी शोषित, पीडित, निमुखा जनताको पक्षमा उभिएको छ। समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.