बोहरा मेडिको सेन्टर

आतंक फैलाउनु राजावादीको चरित्र : प्रचण्ड

dream cafe
learnar

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आतंक फैलाउनु राजावादीको चरित्र भएको बताएका छन्।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले तीनकुने प्रतिगामी र निरंकुशतावादीको प्रतीकजस्तो बनेको टिप्पणी गरे।

CNA
Bohora ma 1

उनले घरमा आगो र प्रहरीमाथि समेत ढुंगा हानेकोप्रति आपत्ति जनाउँदै मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाए। उनले आतंक फैलाउनु राजावादीको चरित्र भएको तर्क गरे।

प्रचण्डले भने, ‘तीनकुने अहिले प्रतिगामी, निरंकुशतावादीको प्रतीक जस्तो बनेर दे​खिएको छ। त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका मण्डलेहरूले। एकदुईजना मरून् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन्। त्यो राजावादीहरूको चरित्र हो। हामी लाखको वरिपरि जम्मा छौं।’

इतिहासलाई पछाडि फर्काउने दुःसाहस नगर्न उनको चुनौती छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.