सरकारले कुलमानलाई बर्खास्त गरेपछि यसो भन्छन् प्रचण्ड

dream cafe
learnar

काठमाडौं : सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्।

अजयमेरु फाैजी केरा

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रचण्डले सरकारले बहुमतको दम्भ देखाएको आरोप लगाएका हुन्।

Amargadhi Education

कुलमानको विज्ञता र क्षमता ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको बताउँदै उनले सरकारले घिसिङमाथि अन्याय गरेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिंगलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन-जनमा जानकारी छ। उनै कुलमान घिसिंगलाई बाँकी बक्यौदा जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ । आशा गरौं यो खबर असत्य सावित होस् , यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, दुईतिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.