बोहरा मेडिको सेन्टर

प्रचण्डले टीआरसीसँग कुलमान घिसिङ साटे : शाही

dream cafe
learnar

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीसँग विद्युत् प्राधिकरणका सिईओ कुलमान घिसिङ साटेको आरोप लगाएका छन्।

सोमबार तीन शीर्ष नेताको बैठकले टीआरसीका निम्ति सिफारिस समिति बनाउने सहमति गरेको थियो।

CNA
Bohora ma 1

सोहीअनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले पुरानै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ।

सोही विषयमा व्यंग्य गर्दै शाहीले लेखेका छन्, “प्रचण्ड साह्रै नै बाठो छन्। टीआरसीसँग कुलमान पो साटेछन्।”

आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताको गोप्य बैठकले कुलमान घिसिङलाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लंघन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टीआरसी विधेयक हुबहु पास गराउने सहमति गरेको उनको दाबी छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.