चौतारीमा रुवाबासी, ओलीको निर्देशनमा एकलौटी कमिटी चयन

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एकलौटी कमिटी चयन गरिएको छ।

निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो।

Amargadhi Education

प्रेस चौतारी नेपालको अध्यक्षमा प्रतिस्पर्धा गर्न निषेध गरिएपछि निवर्तमान उपाध्यक्ष राई ३८ मिनेट लामो सम्बोधनपछि बिदा भए।

प्रतिनिधिहरूको उल्लेख्य समर्थन भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले हस्तक्षेप गरेर मनोनयन नै गर्न नदिएपछि राईले अध्यक्षमण्डलको मञ्चमा पुगेर लामो सम्बोधन गरे।

उनले पटकपटक आफूहरूमाथि गरिने प्रश्न अब यही अन्तिम हुनुपर्ने पनि उल्लेख गरे।

अजयमेरु फाैजी केरा

मतदान कार्यक्रम नै नराखी अध्यक्षमण्डलले उम्मेदवारी मनोनयमै निषेध गरेपछि राईले महाधिवेशनस्थलमा सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा उनले चुनावी प्रक्रियामा सहभागी हुनै नदिएर अन्यापूर्ण तवरले आफूलाई रोकिएको गुनासोसहितको मार्मिक मन्तव्य राखेपछि महाधिवेशनस्थलमा रुवाबासी चेलेको हो।

प्रतिस्पर्धामार्फत जित्न बन्देज लगाइएपछि अध्यक्ष बन्नबाट बन्चित राजेश शालिन भाषामा राजनैतिक प्रकृतिको सम्बोधन गरेर हलबाट निस्किएपछि उनी समर्थकहरु बाहिर रोएका थिए।

त्यहाँको वातावरण ‘शोक सभा’ जस्तो बनेको एक प्रतिनिधिले बताए।

निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरे।

त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन्।

 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.