डडेल्धुरामा क्षयरोग लुकाएर बस्छन् बिरामी

dream cafe
learnar

डडेल्धुरा : “हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता हो,” भन्ने नाराका साथ डडेल्धुरामा विश्व क्षयरोग दिवस २०२५ को अवसरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा क्षयरोग नियन्त्रणको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो।

Amargadhi Education

स्वास्थ्य कार्यालयका डडेल्धुराका सरुवा रोग नियन्त्रण फोकल व्यक्ति हरिप्रसाद भट्टले क्षयरोग (टिबी) को संक्रमण दर उच्च रहेकाले सजगता आवश्यक रहेको बताए।

“फोक्सोमा लाग्ने टिबी सजिलै सर्ने हुँदा एक जनाले १० देखि १५ जनालाई संक्रमण सार्न सक्छन्,” भट्टले भने।

नेपालमा हरेक वर्ष ७० हजार नयाँ बिरामी देखिने गरे पनि केवल ३० हजार मात्र पत्ता लाग्ने गरेका छन्।

डडेल्धुरामा क्षयरोगको स्थिति
गत आर्थिक वर्षमा ३१५ जना बिरामी पत्ता लगाउने लक्ष्य रहेकामा १४६ जना मात्र  पत्ता लागेको थियो।

जसअन्तरगत अमरगढीमा ३२, गन्यापधुरामा १५, भागेश्वरमा १२, नवदुर्गामा २०, आलितालमा १८, परशुराममा १५ र अजयमेरुमा १२ जना क्षयरोगका बिरामी फेला परेका छन्।

यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ बिरामी फेला परेका छन्।

अजयमेरु फाैजी केरा

तीमध्ये ६५ वर्षभन्दा माथिका २९ जना र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना छन्।

गत वर्ष ८८ प्रतिशत  बिरामी निको भएका भए पनि ६ जनाको मृत्यु भएको थियो।

यस वर्ष हालसम्म १ जनाको मृत्यु भइसकेको छ।

अझै कतिपय क्षयरोग भएका मानिसहरू जानेर वा नजानेर खुल्न नसकेको बताइएको छ।

क्षयरोग लुकाएर बस्ने गरेको कारण पनि लक्ष्य हासिल गर्न चुनाैती थपिएको कार्यालयले जनाएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले नेपाल सरकारले क्षयरोग अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि लक्ष्य हासिल गर्न अझै धेरै प्रयास आवश्यक रहेको बताए।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले सहकार्य नै उपलब्धिको मुख्य आधार भएको भन्दै भने, “लक्ष्य हासिल गर्न कठिनाइ भए पनि सबैले हातेमालो गरे सहजै सफल हुन सकिन्छ।”

कार्यक्रममा सहभागी पत्रकारहरूले क्षयरोगबारे जनचेतना फैलाउन मिडियाको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.