बोहरा मेडिको सेन्टर

सरकारमाथि फेरि खनिए शेखर, भने : देशमा सुशासन पटक्कै छैन

dream cafe
learnar

काठमाडौं : नेपाली काँग्रेसको संस्थापन इतर खेमाका नेता डा. शेखर कोईरालाले सरकार सुशासन कायम गर्न असफल भएको टिप्पणी गरेका छन्।

कांग्रेससमेत सहभागी केपी ओली नेतृत्वको सरकारप्रति विगतदेखि नै असन्तुष्ट रहँदै आएका उनले सुशासनको अवस्था भयावह रहेको बताए।

CNA

गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई आज काठमाडौँमा सम्बोधन गर्दै कोइरालाले भने, ‘देशमा सुशासन पटक्कै छैन भनेपनि हुन्छ।’

Bohora ma 1

विभिन्न पदमा हुने नियुक्ति र बढुवामा वरीयता मिचेर मनलाग्दी भैरहेको भन्दै उनले चिन्ता जनाए।

योग्यताका आधारमा नभइ मन परेको आधारमा कर्मचारी नियुक्ति हुने गरेको कोइरालाले दाबी गरे।

‘आजको दिन पनि हामी सरकारमा छौँ। नेपाली काँग्रेस सरकारमा छ। नेपाली काँग्रेस र एमाले सरकारमा नै छौँ । हामीले सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो। भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ’, उनले भने, ‘उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ, मन्त्रिपरिषद्मा जान्छ, उहाँहरुलाई मन लाग्यो तेस्रो नम्बर लिनुहुन्छ, आफूलाई चित्त बुझेको छ भने एक नम्बर हालिदिनुहुन्छ, त्यसरी गइरहनुभएको छ।’

नेता काईरालाले कांग्रेस सत्ता पक्षमा भए पनि सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको बताए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.