डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन : शान्तिपूर्ण मतदान, मतगणना सुरु हुँदै

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

बिहान ८ बजेदेखि अपराह्‍न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो।

GBL NEW

५ सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ। समानुपातिकतर्फ तीन सय ७६ मत खसेको छ।

यसैबीच, मतगणनाका लागि सर्वपक्षीय बैठक बसेको छ। अबको केहीबेर पछि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

नेपाली काँग्रेस वीपी निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.