बोहरा मेडिको सेन्टर

राप्रपाले बुझायो काठमाडौं महानगरपालिकालाई एक लाख, एमालेले अझै बुझाएन

dream cafe
learnar

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख जरिवना बुझाएको छ।

पार्टी प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीले नगर प्रहरीको टोलीलाई भेटेर जरिवाना बुझाएको बताइएको छ।

CNA

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमको क्रममा हिजो विमानस्थल र वरपरका क्षेत्रमा फोहोर गरिएको जनाउँदै महानगरले एक लाख जरिवानाको पत्र काटेको थियो।

Bohora ma 1

राप्रपाले आज महानगरपालिकाको बैंक खातामा रकम दाखिला गरेको जनाएको छ।

उता, प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेले भने मंसिरमा तिराइएको एक लाख जरिवाना अझै नबुझाएको बताइन्छ।

मंसिर पहिलो साता दरबारमार्गमा आयोजना गरेको जागरण सभाको क्रममा एमाले फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवानाको पत्र बुझाएको थियो।

तर महानगरले अहिलेसम्म उक्त रकम प्राप्त नहुँदा पनि कुनै ताकेता नगरेको बुझिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.