Alisa pant

हाकिम रावलको मनपरि : कार्यालयमा बस्दैनन्, फोन पनि उठाउँदैनन्

learnar

डडेल्धुराः डडेल्धुराको पूर्वाधार विकास कार्यालयका  निमित्त कार्यालय प्रमुख नवराज रावल कार्यालय समयमा अनुपस्थित हुने र सेवाग्राहीहरूको फोनसमेत नउठाउने गरेको गुनासो बढ्दै गएको छ।

सेवा लिन आउने नागरिकहरू प्रमुखलाई कार्यालयमा भेट्न नसक्दा हैरान भएका छन्।

Ird

कार्यालयमा खोज्दा अनुपस्थित रहने मात्र होइन, फोन गर्दा समेत सम्पर्क हुन नसक्दा सरकारी सेवामा पारदर्शिता र जवाफदेहिताको प्रश्न उठ्न थालेको छ।

‘हामी पटक–पटक कार्यालय जान्छौं, तर प्रमुखज्यू भेटिनुहुन्न। फोन गर्दा पनि उठाउनुहुन्न। यसरी जनताको काम कसरी अघि बढ्छ?’ एक सेवाग्राहीले गुनासो पोखे।

कार्यालय प्रमुखको मनपरी पाराले निर्माण व्यवसायीलाई हैरानी भएको निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष भवानी अवस्थीले बताए। उनका अनुसार हाकिम रावलले जिल्ला दररेट मिलान गर्नेबेला समेत निर्माण व्यवसायीलाई वाइपास गरेका थिए।

कार्यालयकै एक कर्मचारीले भने, ‘प्रमुखज्यू कार्यालयमा कहिलेकाहीँ मात्र आउनुहुन्छ। अस्ति बेलुका आउनु भाथ्यो, हिजो बिहानै फेरि धनगढी जानू भयो। धेरैजसो बाहिर रहनुहुन्छ, सेवाग्राहीहरू दिनदिनै गुनासो गर्न आउँछन्। तर, हाम्रो केही लाग्दैन।’

oplus_1026
Ghatal Sta

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारी सरुवा गर्दा रावलको सरुवा गरेको थिएन्।

प्रदेशका मन्त्री तथा सांसद र केही राजनीतिक दलका नेतालाई मिलाएर उनी डडेल्धुरा बसेको हल्ला समेत चलेको थियो।

उनी पावर र पहुँचकै आधारमा मनपरि गर्ने गरेको बताइन्छ।

डडेल्धुरालगायत सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पूर्वाधार विकासको काममा ढिलाइ भइरहेको छ। कार्यालय प्रमुख नै अनुपस्थित हुँदा साना–ठूला भौतिक पूर्वाधारका योजनाका काम प्रभावित भएका छन्।

यस विषयमा जानकारी लिन सिमाना न्युजले कार्यालय प्रमुख नवराज रावलको मोबाइल नम्बर ९८५८७८४६७८ मा सम्पर्क गर्ने प्रयास गरेता पनि उनले फोन उठाएनन्।

कार्यालय प्रमुख नै सेवाग्राहीहरूको पहुँचभन्दा बाहिर रहनु सुशासनको दृष्टिले गम्भीर चुनौती भएको स्थानीयहरूको गुनासो छ।

रावल सरकारी गाडीको समेत दुरुपयोग गरिरहेका हुन्छन्। उनी अनुगमनका नाममा फिल्ड छु भन्ने तर कार्यालयको गाडी लगेर धनगढी बढी बस्ने गरेको बताइन्छ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने कार्यालय प्रमुखको बैठकमा समेत उनको उपस्थिति न्यून रहने प्रशासन स्रोत बताउँछ।

उनी चालु आर्थिक वर्षको साउनदेखि फागुन अन्तिम सातासम्म १० ओटा बैठक बस्दा ३ पटक मात्रै सहभागी भएका छन्।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.