डोटीबाट गृहमन्त्री लेखकले भने : गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

dream cafe
learnar

डोटी : गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।

भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन।’

GBL NEW

लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनको भनाइ छ।

उनले पूर्वराजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीतिमा चुनौतीसमेत दिए।

गृहमन्त्री लेखकले संविधान संशोधनका विषयमा गृहकार्य भइरहेको जानकारी दिए।

सरकार गठनपूर्व नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको समझदारीअनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने गृहमन्त्री लेखकले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.