मोरङ : नेकपा एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको भनिएको प्यानल नै विजयी भएको छ।
नयाँ नेतृत्वका लागि बुधबार भएको मतदानको अन्तिम परिणाम शुक्रबार साँझ आएको हो । जसमा भण्डारीको साथ रहेको भनिएका अम्बर राईको समूहले पदाधिकारीमा ‘क्लीन स्वीप’ गरेको छ ।
राईले ४४६ मत ल्याएर जीत निकाल्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षका (अध्यक्ष केपी शर्मा ओली पक्षका) राजकुमार ओझाले ४०७ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा राई समूहका सागर थापाले ४२२ मत ल्याउँदा ओझा समूहका शान्तिकुमारी लिम्बूले ३९१ मत प्राप्त गरिन् ।
सचिवमा राई समूहका सोमराज थापाले ४६२ मत ल्याउँदा ओझा समूहका रविन थापाले ३६८ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
उपसचिव पदमा राई समूहकै सन्तोष बान्तावाले ४९०, उषा झाले ४१७ तथा ओझा समूहका इर्जलाल राजवंशीले ३११ र शिल्पा निराला कार्कीले ४०५ मत पाए ।
९११ मतदाता रहेको एमाले मोरङको जिल्ला अधिवेशनमा ८८८ मत खसेको थियो ।