बझाङमा नेकपा एसका चार नेता एमालेमा फर्किए

dream cafe
learnar

बझाङ :  बझाङमा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य सहित ४ जना एमालेमा फर्किएका छन्।

बुंगल नगर कमिटीको दोस्रो नगर अधिवेशनमा समाजवादीका जिल्ला सचिवालय सदस्य कर्ण धामी, जिल्ला कमिटी सदस्य गोर्ख धामी, नगर कमिटी अध्यक्ष दीपक कुँवर र नेपाली कांग्रेसबाट जयराज धामी एमालेका आज एमालेमा फर्किएका नेकपा एमाले बुंगल नगर कमिटी सचिव दीपकराज जोशीले बताए।

बोहरा मेडिको सेन्टर
GBL NEW

मोहन कुँवरको अध्यक्षतामा सुरु भएको अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंह प्रमुख अतिथि रहेका छन्।

कार्यक्रममा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्यसमेत रहेका प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज अफिलाल ओखेडा, संविधानसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एलवी रावल, प्रदेश कमिटी सचिवालय सदस्य तथा जय पृथ्वी नगर कमिटी इन्चार्ज जनकराज जोशी, पार्टीका जिल्ला अध्यक्ष दिल बहादुर भण्डारी लगायतनेताहरू सहभागी भएका छन्।

अधिवेशनले नगर कमिटीको नयाँ नेतृत्व चयन समेत गर्ने भएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.