ओलीलाई विद्याको सुझाव : कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न भूमिका खेल्नुस्

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन्।

Alital

सोमबार काठमाडौँमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यसअघि पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले भूमिका खेलेको बताइन्।

राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्ने उनको भनाइ थियो।

बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने बताइन्।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.