सुदूरपश्चिम माओवादीमा नारायणकाजीको भाँजो, खगराजको क्षमतामाथि अक्कलको प्रश्न

dream cafe
learnar

डडेल्धुरा : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका उपनेता अक्कलबहादुर रावलले स्थायी कमिटी सदस्य तथा प्रदेश सांसद खगराज भट्ट आफ्नो विवेकले नभइ अरु कसैबाट चल्ने गरेको आरोप लगाएका छन्।

एक अनलाइन टिभीसँगको कुराकानीमा रावलले भट्टमाथि यस्तो आरोप लगाएका हुन्।

Amargadhi Education

एमाले र माओवादीको समीकरणकै पालामा सरकार बनाउने सन्दर्भमा भट्टले गम्भीर खालको गल्ती गरेको उनको जिकिर छ।

‘खल्तीबाट व्यक्तिका नाम निकालेर रातारात मन्त्री नियुक्त गर्नुभयो। पछि कांग्रेस र माओवादीको समीकरणमा पनि त्यस्तै काम दोहोर्यानुभयो। हामी उहाँलाई मुख्यमन्त्री बनाउन चाहन्थ्यौँ। तर, उहाँ विनाविभागीय मन्त्री खान कुद्नुभयो,’ उनले भने।

पार्टी अध्यक्ष प्रचण्डलाई समेत खगराजले ढाँटेको बताउँछन्, उनी।

उनले भने, ‘अध्यक्षकै अगाडि उहाँले म मुख्यमन्त्रीबाहेक अरू पदमा जान्नँ भन्नुभयो, जब मुख्यमन्त्री हाम्रो भागमा परेन। त्यसपछि मन्त्रीका लागि रुन थाल्नुभयो।  उहाँ एक महिनाका लागि विनाविभागीय मन्त्री बन्नुभयो।’

दलप्रतिको विश्वास पहिलो पटक त्यहीबाट गुमाएकाे दाबी रावल गर्छन्।

अजयमेरु फाैजी केरा

संसदीय दलमा छलफल नै नगरी मन्त्रीहरू सिफारिस गर्नु  र मन्त्रीहरूलाई जबाफदेही नबनाई उल्टै काखी च्याप्न भट्टको गल्ती भएको उनको ठहर छ।

प्रचण्डले सुदूरपश्चिमको सभामुख बन्नुस् भन्दा भट्टकै कारण नबनेको समेत खुलासा गरे।

उनले भट्टले आफूलाई तपाईंको नेतृत्वमा सरकारमा पठाउँछु भनेको कारण सभामुख नखाएको बताए।

‘मैले लामो समय खगराजजीलाई साथ दिँदै आएको कुरा सत्य हो। तर, मेरो बुई चढेर मैमाथि खेल्न थाल्नुभएको कुरा पनि साँचो हो। अनि मैले काँध झिक्दिनेबित्तिकै त उहाँको अवस्था त देखियो नि त, उनले भने, ‘उहाँले मलाई स्टेप स्टेपमा धोका दिनुभयो।’

नारायणकाजीले भाँजो हाले
संसदीय दलको विवादमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ  संलग्न रहेको आरोप उनको छ।

उनी भन्छन्, ‘बोलाएको हुँदैन, तर सुदूरपश्चिमका हरेक बैठकमा सहभागी हुनुहुन्छ। अध्यक्षले नबोलाई पनि बैठकमा जानुहुन्छ। अन्त काम छाडेर पनि पुग्नुहुन्छ। अरू कामलाई गौण र सुदूरपश्चिमको मुद्दालाई प्रदान ठानिरहनुभएको छ। सुदूरपश्चिममा भाँजो हालेर तर मार्न पाइन्छ भन्ने उहाँले सोच्नुभएको छ भने त्यो कुरालाई हामी खारेज गर्छौँ।’

श्रेष्ठ खगराज आफ्नो दास बनोस्, आफ्नो  गुटको वरिपरि घुमोस् भन्ने चाहना राख्ने गरेको आरोप उनको छ।

‘हाम्रो घाँटी च्योपेर मान भनेर हामी मान्दैनौँ। कन्भिन्स भएर मान्ने हो नी। बहस, पार्टीलाई ओलीको जस्तो बनाउने कि प्रचण्डको जस्तो भन्ने पनि हो। सतही ढंगको निर्देशन मान्दैनौँ। विधान एकातिर, अभ्यास अर्कोतिर हुन्छ र ? माथिबाटै तोकेर बनाउन मिल्छ त ?,’ उनले प्रश्न गरे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.