बोहरा मेडिको सेन्टर

एमालेमा धुमधाम बिरोध हुँदा लेखराज खुसी, भन्छन् : बिरोधिले प्रशंसा गरे मात्रै शंका गर्नुपर्छ

dream cafe
learnar

धनगढी : नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्टले नेकपा (एमाले) र सरकार सही बाटोमा गइरहे पनि विरुद्धमा अनेक भ्रम भइरहेकाले त्यसलाई चिर्न पार्टी पङ्क्ति लाग्न आवश्यक रहेको बताएका छन्।

‘विरोधीले प्रशंसा गरिरहेको छ भने केही बिग्रिरहेको त छैन भनेर शङ्का गर्नुपर्छ, धुमधाम विरोध गरिरहेको छ भने राजनीति सही बाटोमा छ भन्ने बुझ्नुपर्छ’ सचिव भट्टले भने।

CNA
Bohora ma 1

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा आज उनले सो कुरा भने।

भट्टले भने, ‘पार्टी नेतृत्व सही बाटोमा गइरहेको बेला एक तप्काले निरन्तर विरोध गरिरहेको छ, त्यो भ्रम चिर्न, नेतृत्व र विचारको रक्षा गर्न आवश्यक छ।’

कार्यकर्ताले ध्वंस गर्ने उद्देश्यले नभइ रचनात्मक हिसाबले उचित प्लेटफर्ममा पार्टी नेतृत्वको स्वस्थ आलोचना गर्न मिल्ने उनले बताए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.