बोहरा मेडिको सेन्टर

गन्यापधुरा-३ मा एमालेको वडा अधिवेशन, बोहरा बने अध्यक्ष

dream cafe
learnar

डडेल्धुराः नेकपा (एमाले) गन्यापधुरा गाउँपालिका–३ वडा कमिटीको अध्यक्षमा कमलसिंह बोहरा चयन भएका छन्।

शनिबार सम्पन्न वडा अधिवेशनबाट बोहराको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्वसम्मत गठन गरिएको हो।

CNA
GBL NEW

कमिटीको उपाध्यक्ष बाजी भुल, सचिवमा खगेन्द्र देउवा, उपसचिव पशुपतिदेवी बोहरा र दुर्गा देवी घर्ती चयन भएका छन्।

एमाले जिल्ला कमिटी सदस्य तथा वार्ड नम्बर ३ इन्चार्ज पुष्कर देउवाको अध्यक्षता र नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज धनबहादुर शाहीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको जनाइएको छ।

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शान्ति भट्ट जोशी, जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही, जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण ओझा, राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सागर देउवालगायतको उपस्थिति रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.