पूर्वराष्ट्रपति भण्डारी सुदूरपश्चिम आउँदै

dream cafe
learnar

डडेल्धुरा : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिम आउने भएकी छन्।

सम्भवतः फागुनको तेस्रो हप्तापछि उनले सुदूरपश्चिमको यात्रा थाल्ने छिन्।

GBL NEW

त्यसका लागि चाँजोपाँजो मिलाउन केही नेता खटिइसकेका छन्।

नेकपा एमालेको राजनीतिमा फर्कन माहौल बनाइरहेकी भण्डारीले सुदूरपश्चिमसँगै लुम्बिनी र कर्णालीको भ्रमण समेत गर्नेछिन्।

उनले तीनैवटा प्रदेशमा राजनीतिक दलका नेतासँग समेत भेट्ने छिन्।

यसअघि उनलेे गण्डकी र कोसीमा पनि नेताहरूसँग भेटघाट गरेकी थिइन।

एमालेमै फर्केर सक्रिय राजनीति गर्नकै लागि भण्डारीले देश दौडाहा बढाएको उनी निकट एक नेता दाबी गर्छन्।

यद्यपि, उनले एमालेको राजनीतिमा औपचारिक रूपमा कहिलेदेखि फर्किने भन्ने साइत जुराइसकेकी छैनन्।

उनी निकट नेताले थपे, ‘तीन प्रदेशमा उहाँ झण्डै एक महिनाजति रहनुहुनेछ। पहिला लुम्बिनी त्यसपछि सुदूरपश्चिम र कर्णालीमध्ये कहाँ पहिले गर्ने मिलाउँदै छौँ तर, उता जाने निश्चित भइसक्यो।’

Ddl dental
Leave A Reply

Your email address will not be published.