बोहरा मेडिको सेन्टर

चाैरासीमा प्रत्येक जिल्लामा एक पालिका जित्ने नेकपा एसको लक्ष्य

dream cafe
learnar

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो राजनीतिक कार्ययोजनाबारे छलफल गरेको छ।

फागुन ८ गते पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नका लागि तयार पारिएको राजनीति प्रतिवेदनमा आगामी राजनीतिक कार्यक्रमबारे मंगलबार र बुधबार छलफल भएको हो।

CNA

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा समाजवादीले नेताहरूलाई ८४ मा हुने निर्वाचनमा आफ्नो कार्य क्षेत्रभित्र लक्ष्यसहित योजना अगाडि बढाएर कार्यान्वयन गर्न भनेको छ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तयार पारेको राजनीति प्रतिवेदनमा हरेक प्रदेशले आफ्ना प्रदेशका कम्तीमा १० प्रतिशत संघीय र प्रदेश निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने, प्रत्येक जिल्लाको कम्तीमा एक पालिका र हरेक पालिकाको एक वडामा विजय हासिल गरेर अगाडि बढ्न सकियो भने परिणाममुखी काम आउने भन्दै यो विषयलाई छलफलको विषय बनाइएको छ।

Bohora ma 1

अध्यक्ष नेपालले तयार पारेको प्रतिवेदनमा पार्टीले राष्ट्रियता जनजीविका, सुशासन र सामाजिक न्यायको पक्ष तथा समाजमा व्यक्त विकृतिविसंगति, अन्याय र अत्याचारको विरुद्ध आवाज बुलन्द गर्ने कामलाई निरन्तरता दिन पनि भनिएको छ।

यस्तै पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा विशेष योजना बनाई जनपक्षीय काम गर्न समेत नेता कार्यकर्तालाई निर्देशन दिने योजना बनाइएको छ।

यस्तै दक्षिणपन्थी अवसरवादी र लोकतान्त्रिक लोकतन्त्र विरोधी कार्यको भण्डाफोर गर्ने समेत पार्टीको योजना छ।

अध्यक्ष नेपालले तयार पारिएको राजनीति प्रतिवेदन फागुन ८ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने बताइएको छ।

अहिले यो प्रतिवेदन केन्द्रीय कमिटीलाई अध्ययन गर्नका लागि बाँडिएको छ तर सार्वजनिक भने गरिएको छैन।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.