प्रभुका र्‍याखर्‍याख्ती पार्ने यी आठ प्रश्न, जसको जवाफ प्रधानमन्त्री ओलीले दिन सकेनन्

dream cafe
learnar

काठमाडौं : प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ कार्यक्रम थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता र प्रतिपक्षी दलका १० जना सांसदले विभिन्न प्रश्न सोधे ।

Ird

तर, विपक्षी सांसदका तिखा प्रश्नको सहज जवाफ नदिएका प्रधानमन्त्रीको प्रस्तुति असहिष्णु देखियो ।

एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र माओवादी केन्द्रका वर्षमान पुनले सोधेको प्रश्नमा कटाक्षपूर्ण जवाफ दिएका प्रधानमन्त्री ओली प्रभु साहसम्म आइपुग्दा आक्रोशित भए।

विपक्षी दलका सांसदलाई उल्टै प्रतिप्रश्न गरेका उनले साहलाई भने जवाफै दिएनन्।

खासमा जवाफ नै नदिने तहमा असन्तुष्ट हुनुपर्ने सांसद साहको प्रश्न थिएन । सरकारको काम गराईलाई केही समसामयिक विषयमा जोडेर जवाफ मागिएको थियो ।

यस्ता छन् प्रभुले सोधेका आठ प्रश्न :
१. नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरूको संख्या कति छ ? उनिहरुको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ ? ती अवैध सम्पतिहरुलाई राज्यको स्वामित्वमा ल्याऊन तपाईले के के गर्नु भो ? खुलेआम हुण्डीबाट ती अवैध सम्पतिहरू विदेश लैजादा रोक्न नसकने तपाईलाई हामी सक्षम भन्ने कि असक्षम ? प्रधानमन्त्रीज्यू ती अवैध सम्पतिलाई अब स्वदेश फिर्ता ल्याउने तपाईको योजना के छ ?

२. झण्डै ७० लाखभन्दा बढी नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम समझौताअनुसार प्रत्येक वर्ष झण्डै ४० खर्ब भन्दा बढी रेमिट्यान्स नेपाल आउनु पर्ने हो ? तर, अहिलेसम्मको रिपोर्ट बुझदा यो वर्ष जम्मा १३–१४ खर्ब मात्र आउने सम्भावना छ । मेरो प्रश्न छ, हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुण्डीमार्फत खुलेआम कालो धनसँग मिलान भई राख्दा तपाई किन मौन बस्नु भयो ? नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साटनलाई बिदेशमा मरिरहेका छन् ? हैन भने संख्याको अनुपातमा ती रेमिट्यान्स किन नेपाल आएन ?

HARDIK AGRo NEw

३. वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफनो ट्रेडयूनियनको हक पाएको छैन । किन ट्रेडयूनियनको हक न पाउने गरी श्रम समझौता गर्नु भो ? अहिलेको २१औ शताब्दीमा नेपाली मजदुरलाई दासताको नारकीय जीवनमा धकेलदा तपाईहरूले के कति लाभ पाऊनु भएको हो ?

४. नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ । ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढी राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको देखिन्छ, जो जीडीपीको ३० प्रतिशत हुन आऊछ । यसलाई कर आतङ्क न भन्ने त के भन्ने प्रधानमन्त्रीज्यू ? के यस्तै कर प्रणालीले हाम्रो अर्थतन्त्र सुधार हुन्छ ? हुँदैन भने, यो कर आतंकलाई रोक्ने योजना के छ ?

५. तपाईंले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जाँदैछु भनेको कहिले हो ? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनूभूति हुँदैन ?

६. यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो । तर, आँफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमतसमेत नहुँदा अहिले बिचल्लीमा परेको जस्तो अनुभूति हुँदैन ? सत्ता सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरिसकेपछि अब तपाईं कुन नैतिकताले पदमा बस्नु हुन्छ ?

७. संघीय राजधानी जोड्ने सबै राजमार्गहरु अस्तव्यस्त छन् । तर, प्रधानमन्त्री जीले चारैतिर विकासको चकाचौंध मात्र देख्नु हुन्छ । यदी त्यसो हो भने, ती राजमार्गहरुमा तपाई आफैँ किन यात्रा गर्नुहुन्न ? त्यहाँ, लगातार भैरहेको घटना दुर्घटनाको जिम्मा कसले लिने ?

८. आवासविहीनहरुलाई घर बनाउन सुरक्षित आवास भनेर जम्मा ७५ हजार दिनुहुन्छ । आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिब, दलितहरूसँग मजाक गर्नुभयो ? प्रधानमन्त्री जी यसको जवाफ दिनुस् ?

तर, यी प्रश्न प्रधानमन्त्री ओलीलाई भने मन परेन । उहाँले प्रश्नमा प्रयोग भएका केही शब्दप्रति तत्काल आपत्तिसमेत जनाउनुभयो ।

‘उहाँका प्रश्नहरु, विरोध, घृणा, आक्रोशले संसदको अपमान भयो कि ! संसदजस्तो गरिमामय ठाउँमा… युवा पठाएर के लाभ लिनुभयो ? म म्यानपावर कम्पनीको मान्छे हो ? तपाईले भनेका ७० लाख युवा आठ महिनामा गएका हुन् ?’

थप आक्रोशित हुनुभएका उहाँले बिट् मार्दै भन्नुभयो, ‘उहाँको प्रश्नमा मैले जवाफ दिइरहनु पर्दैन, उहाँको सबै प्रश्नले आफैं उत्तर बोकेर आएका छन्, धन्यवाद ।’

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.