संस्थापन टिमसँग देउवाको परामर्श, के भयो छलफल ?

dream cafe
learnar

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेतासँग छलफल गरेका छन्।

पछिल्लो समय समूहका नेताहरू असन्तुष्ट भइरहेका बेला देउवाले आफूलाई १४औं महाधिवेशनमा जिताउन भूमिका खेल्ने नेताहरूसँग छलफल गरेका हुन्।

Ird

देउवा निकट स्रोतका अनुसार देउवाले उपसभापति पूर्णबहाुदर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, एनपी साउँदसहितका नेतासँग छलफल गरेका हुन्।

HARDIK AGRo NEw

‘आफ्नो टिमका नेताहरूसँग नबसेको लामो समय भएको थियो। यसैले बिहान साढे ९ बजेदेखि १२ बजेसम्म सभापतिले छलफल गर्नुभएको हो,’ देउवा निकट स्रोतले भन्यो, ‘छलफलमा पार्टीको आन्तरिक राजनीति, समसामयिक राजनीतिक विषयसहितमा छलफल भएको छ।’

पछिल्लो समय देउवा टिमका नेताहरू एनपी साउँद, बालकृष्ण खाँण, प्रकाशरण महत र गोपालमान श्रेष्ठसहितका नेताहरू असन्तुष्ट हुन थालेका छन्।

यसैले छलफलका निम्ति देउवाले निवासमा बोलाएको देखिएको छ।

१५औं महाधिवेशनमा सभापतिमा देउवाको दाबेदारी नहुने भएपछि नेताहरू असन्तुष्ट हुँदै ध्रुवीकरणको तयारीमा लागेको हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.