डडेल्धुरामा जनयुद्ध दिवस मनाइयो

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा जनयुद्ध दिवस मनाइएको छ। आज (बिहीबार) नेकपा माओवादी केन्द्र जिल्ला शाखा डडेल्धुराले ३० औं जनयुद्ध दिवस मनाएको हो।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

Ird
HARDIK AGRo NEw

पार्टी कार्यालयमा सहिदको फोटोमा माल्र्यापण गरेर जनयुद्ध दिवस मनाएका माओवादी केन्द्र डडेल्धुराका संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

जनयुद्ध दिवस संयोजक भट्टको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य भरत धानुक ‘पुकार’को आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा माओवादी केन्द्र निकट भातृ संगठनको सहभागीता रहेको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.