बोहरा मेडिको सेन्टर

एमाले डडेल्धुराले तोक्यो वडा केन्द्रित ‘जरा अभियान’को जिम्मेवारी, कसलाई के ?

dream cafe
learnar

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) डडेल्धुरा जिल्ला कमिटीले वडा केन्द्रित ‘जरा अभियान’को जिम्मेवारी बाँडफाँड गरेको छ।

पार्टीले वडा केन्द्रित ‘जरा अभियान’ कार्यक्रमको लागि सातवटा स्थानीय तह र ५२ वडाको जिम्मेवारी बाँडफाँड गरेको हो।

CNA

एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरूकाअनुसार समग्र अभियानको नेतृत्व पार्टीका केन्द्रीय कमिटी सदस्य एवं डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा र समन्वय जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाहीले गर्नेछन्।

GBL NEW

उनले प्रदेश सभा निर्वाचन क्षेत्र एकको जिम्मेवारी पूर्व जिल्ला विकास समितिका सभापति गजेन्द्रबहादुर शाही, प्रदेशसभा निर्वाचन क्षेत्र दुईको जिम्मेवारी संविधानसभा सदस्य ज्ञानु गैरेलाई दिइएको बताए।

यस्तै परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट, आलिताल गाउँपालिका शान्ति भट्ट जोशी, अमरगढी नगरपालिका करन ताम्राकार, भागेश्वर गाँउपालिका यज्ञराज अवस्थी, अजयमेरु गाँउपालिका विशेश्वरप्रसाद ओझा, गन्यापधुरा गाँउपालिका धनबहादुर शाही र नवदुर्गा गाँउपालिका तारा खातीलाई इन्चार्जका रुपमा तोकिएको छ भने वडाको नेतृत्व जिल्ला कमिटी सदस्यले गर्ने एमाले डडेल्धुराले जनाएको छ।

वडा केन्द्रित ‘जरा अभियान’ अन्तर्गत एमालेले सातवटै पालिकामा कार्यक्रमको आयोजना गरेको छ।

जसअनुसार फागुन २ गते अमरगढी नगरपालिका, फागुन ३ गते परशुराम नगरपालिका, फागुन ५ गते आलिताल गाउँपालिका, फागुन ८ गते अजयमेरु गाँउपालिका, फागुन ९ गते भागेश्वर गाँउपालिका, फागुन १० गते गन्यापधुरा गाउँपालिका र फागुन ११ नवदुर्गा गाउँपालिकामा कार्यक्रम सञ्चालन हुने जैरूले जानकारी दिए।

कार्यहरू :
-पार्टी सदस्यता नवीकरण र विस्तार
-आधारभूत(टोल) तहसम्म पार्टी कमिटीका अधिवेशन सम्पन्न गर्ने र पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने।
-पार्टी सम्वद्ध सबै जनसंगठनको सदस्यता व्यापकरुपमा बिस्तार गर्ने र सवै जनसंगठनलाई आ आफ्नो वर्ग/समुदायको नेताको रुपमा स्थापित गर्ने।
-नियोजित रुपमा सम्प्रेसित मिथ्या सुचना र भ्रमलाई चिर्दे पार्टीको सकारात्मक योगदान र भुमिकालाई स्थापित गर्ने।  -पार्टी जीवनको शुद्धिकरण, स्थानीय तहको पार्टी नेतृत्वको क्षमता विकास र जनतामाझ नेतृत्व स्थापित गर्ने।
-जनतासँग प्रत्यक्ष संम्वाद गर्ने गरि सवैका घरमा पुगि आधारभूत समस्याको पहिचान मार्फत विकास समृद्धिको योजना तयार गर्ने।
-पार्टीको सिद्धान्त,कार्यक्रम र नीतिमा आधारित रहेर प्रशिक्षणको काम अगाडि बढाउने तथा पार्टीको नीति र कार्यक्रमको आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने।
-जनतासँग प्रत्यक्ष संम्वाद गरि जिल्लाको आर्थिक, सामाजिक क्षेत्रको रुपान्तरणको विषयमा समृद्धिको खाका तयार गर्ने।

Ddl dental
Leave A Reply

Your email address will not be published.