प्रचण्ड भन्छन् : माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा चलेको छ

dream cafe
learnar

डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीसँग एकताको विषयमा कुरा भइरहेको बताएका छन्।

पार्टी प्रशिक्षण कार्यक्रममा भाग लिन सुर्खेत पुगेका प्रचण्डले मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताका लागि माधवकुमार नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कुरा भइरहेको बताए।

Ird 2
Gbl Hard

पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको दाबी गर्दै प्रचण्डले भने, ‘पार्टी एकताका लागि नै समाजवादी मोर्चा बनेको हो। समाजवादी मोर्चामा विश्वासको वातावरण बनाएर पार्टी एकतामा जाने योजना बनेको छ।’

उनले अहिलेको सरकार भ्रष्टहरूको सरकार रहेको आरोप लगाए। ‘अहिलेको सरकारले देश जनताका पक्षमा काम गरेको छैन,’ उनले भने, ‘सरकारले अहिले भ्रष्टहरूलाई बचाउने काम गरिरहेको छ।’

सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गरेको उनको तर्क छ। ‘अहिले अध्यादेशका विधेयक राष्ट्रियसभामा गएर अड्किएका छन्। सरकारले धेरै अंहकार नगरे हुन्छ,’ प्रचण्डले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.