ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त माग गर्दै बालेनका कानूनी सल्लाहकार सर्वोच्चमा

dream cafe
learnar

काठमाडौं : सर्वोच्च अदालतबाट झापास्थित गिरिबन्धु टी स्टेट प्रकरणमा जारी भएको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा परेको छ।

अधिवक्ता ओमप्रकाश अर्यालले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्चको संवैधानिक इजलासबाट गत वर्ष माघ २४ मा जारी परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित मुद्दा दर्ता गराएका हुन् ।

Ird
HARDIK AGRo NEw

अधिवक्ता अर्यालले उक्त मुद्दामा भूमि व्यवस्था तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीलाई पनि विपक्षी बनाएका छन् । रिट निवेदकले प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्नेगरी आदेश जारी गर्न पनि माग गरेका छन् ।

सर्वोच्चले उक्त परमादेशमा हदबन्दी छुट दिँदाको अवस्थामा उल्लेखित शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा बाँझो राखिएको अवस्थामा हदबन्दीभन्दा बढी देखिएको जग्गा सरकारको नाममा प्राप्त गर्न गराउन भनेको थियो ।

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका कानूनी सल्लाहकार रहेका अर्याल संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्षसमेत हुन् ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.