विदेश भ्रमण जाँदा परराष्ट्रमन्त्री राणाले अब थारू पोशाक लगाउने !

dream cafe
learnar

धनगढी : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अब विदेश भ्रमण जाँदा थारू पोशाक लगाएर जाने बताएकी छन्।

नेपाली कांग्रेस थारू विभाग र नेपाल थारू सङ्घ कैलालीको संयुक्त आयाोजनामा शनिबार कैलालीको कैलारीमा भएको प्रथम कैलाली जिल्ला भेलामा बोल्दै उनले नेपालीको पहिचान भनेको बहुल सांस्कृतिक भएकोले अब विदेश जाँदा थारू पोशाक लागाएर जाने बताएकी हुन्।

GBL NEW

उनले भनिन्, ‘नेपाल बहुसांस्कृतिक देश हो , यहाँ विभिन्न जातजातिको बसोबास छ, हामीले सबैको संस्कृतिलाई संरक्षण र सम्मान गर्नुपर्छ, म सबैको पोशाक लगाउने प्रयास गर्छु।’

आरजुले थारू जातजातिको हकहितमा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्।

उनले २०५७ सालमा कमैया प्रथा उन्मुलनमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलेको भूमिकाको समेत स्मरण गरिन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.