बोहरा मेडिको सेन्टर

अछाम पुगेर रामबहादुरले भने : माओवादी जनयुद्ध हिंसा हो

dream cafe
learnar

अछाम: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गरेका छन्।

अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा आफू नै सहभागी भएको जनयुद्धबारे यस्तो टिप्पणी गरेका हुन्।

CNA
Bohora ma 1

‘जनयुद्ध भनेको हिंसा नै हो। हिंसा भनेको कलंक पाप हो। त्यहाँ मर्ने र मार्ने हुन्छ,’ उनले भने।

उनले एमाले अध्यक्ष केपी ओलीले जनयुद्धबारे गरेको टिप्पणीमा आफ्नो कुनै आपत्ति नहुने पनि बताए।

जनयुद्ध हिंसा नै हो भन्ने कुरालाई माओवादीले समेत मान्ने उनले जिकिर गरे। उनले भने, ‘हिंसा भनेको वर्गसंघर्ष हो। अथवा संघर्षको सर्वोच्च रुप हो।’

यद्यपि प्रत्येक हिंसा भने युद्ध हुन नसक्ने बताए। बादल सर्वोच्चको आदेशले नेकपा विभाजन भएपछि माओवादी छाडेर एमालेतिर लागेका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.