
दाङ : नेकपा एमालेले घोराही उपमहानगरपालिका- ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ।
आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए।

शाह अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्।
शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभावी लेख्दै आएको आरोप छ।
अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने सचिव डाँगीले बताए।
