सोसल मिडियामा टिप्पणीका कारण वडाध्यक्ष एमालेबाट निकालिए

dream cafe
learnar

दाङ : नेकपा एमालेले घोराही उपमहानगरपालिका- ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्कासन गरेको छ।

आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए।

Ird 2
Gbl Hard

शाह अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्।

शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभावी लेख्दै आएको आरोप छ।

अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने सचिव डाँगीले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.