सुदूरपश्चिम संसदीय दलको मतभेद छलफलबाटै अन्त्य गर्नुपर्छ : वर्षमान पुन

dream cafe
learnar

धनगढी :नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुदूरपश्चिम संसदीय दलमा देखिएको मतभेद छलफलबाटै अन्त्य गर्नुपर्ने बताएका छन्।

आज (बुधबार) कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव पुनले पार्टीको सुझावअनुसार प्रदेश संसदीय दलले निर्णय गरेर विवाद समाधान गर्नुपर्ने बताएका हुन्।

बोहरा मेडिको सेन्टर

‘यहाँको दलको निर्णय यहीँको दलको बैठकले गर्छ,’ उनले भने, ‘यसको अर्थ केन्द्रले केही गर्दैन भन्ने होइन्। तपाईंहरू एकताबद्ध हुनुहोस् भनेर केन्द्रले निर्देशन दिन्छ।’

पुनले दलभित्र मतभेद देखिएपछि छलफलबाट हल गर्न आफूले पहिले नै आग्रह गरेको बताए।

संसदीय दलमै विवाद भएपछि दलभित्र नै छलफल हुनुपर्ने बताउँदै उनले पार्टीको निर्देशनमा दलले निर्णय गर्नुपर्ने बताए।

१२ माघ २०८० मा माओवादी केन्द्र, सुदूरपश्चिम संसदीय दलको नेताबाट खगराजलाई हटाएर मानबहादुर धामीलाई  नेता चयन गरिएको थियो ।

Ddl dental
Leave A Reply

Your email address will not be published.