बोहरा मेडिको सेन्टर

भीम रावल धनगढीमा बसेर अभियान अघि बढाउने, बेलाबेला पहाड उक्लिने

dream cafe
learnar

डडेल्धुरा : मातृभूमि जागरण अभियान सञ्चालन गरेका भीम रावल अब धनगढीमा बसेर अभियानलाई अगाडि बढाउने भएका छन्।

केही दिन यता सुदूरपश्चिम केन्द्रीत अभियान सञ्चालन गरिरहेका उनी धनगढीमा बसेर अभियानलाई अगाडि बढाउने भएका हुन्।

CNA

नेकपा एमालेबाट कारबाहीमा परेपछि रावलले मातृभूमि जागरण अभियानकाे नेतृत्व गरि देशभरिमै राजनीतिक रुपमा सक्रिय छन्।

झापाबाट अभियान थालनी गरेका रावलले पछिल्लो समयमा गृह प्रदेशमा अभियानलाई तिब्रता दिएका छन्।

GBL NEW

आज (आइतबार) डडेल्धुरामा रावलले जिल्लास्थिति विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई भेटेका छन्।

डडेल्धुराकाे होटल राइनोमा उनले नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस (वीपी) का नेता/कार्यकर्ता भेटेका थिए।

भेटका क्रममा रावलले आफ्नो अभियानमा सहयोग गर्न आग्रह गरेको बताइएको छ।

रावललाई भेटेका एक नेताका अनुसार रावलले आफ्नो अभियानमा साथ दिन आग्रह गरेका थिए।

ती नेताका अनुसार डडेल्धुराबाट धनगढी गएका रावलले आफू अब केहि समय धनगढीमा बसेर अभियानलाई तिब्रता दिने बताएका थिए।

धनगढीमा बसेर बेलाबेला पहाडी जिल्लामा अभियानलाई सक्रिय बनाउन आइरहने भन्दै उनी बिदा भएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.