भीम रावलको अभियानमा जोडिएका सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित

धनगढी: नेकपा एमाले सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्‍दै प्रदेश सदस्‍यसहित ५ जना नेतालाई निष्कासित गरेको छ।

Alital

एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले प्रदेश कमिटी सदस्य जंगबहादुर बिकसहित ५ जना नेतालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार पार्टीबाट निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन्।

उनीहरूमध्ये खड्काले यसअघि चित्तबुझ्दो जवाफ दिएकोले कारवाही नगरिएको तर पुन: रावलको अभियानमा संलग्न देखिएकोले निष्कासन गरिएको एमालेले जनाएको छ।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.