भीम रावलको अभियानमा जोडिएका सुदूरपश्चिमका ५ जना एमालेबाट निष्कासित

dream cafe
learnar

धनगढी: नेकपा एमाले सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्‍दै प्रदेश सदस्‍यसहित ५ जना नेतालाई निष्कासित गरेको छ।

एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले प्रदेश कमिटी सदस्य जंगबहादुर बिकसहित ५ जना नेतालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए।

GBL NEW

उनका अनुसार पार्टीबाट निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन्।

उनीहरूमध्ये खड्काले यसअघि चित्तबुझ्दो जवाफ दिएकोले कारवाही नगरिएको तर पुन: रावलको अभियानमा संलग्न देखिएकोले निष्कासन गरिएको एमालेले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.