बोहरा मेडिको सेन्टर

ओलीले जब संसदमा सम्झिए म त ढलेँ, ढलेँ, ढलेँ गीत…

dream cafe
learnar

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सम्म टसमस नहुने दाबी गरेका छन्।

Bohora ma 1

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यो सरकार ढल्छ भन्ने रटान छाड्न विपक्षी दलहरूलाई आग्रह गरे।

CNA

ओलीले चर्चित गीत ‘म त ढलेँ, ढलेँ, ढलेँ ढलेँ’ गाउँदै प्रतिपक्षी दलहरूलाई व्यङ्ग्यसमेत गरे। यो गीत मनाेरञ्जनमा सुहाए पनि राजनीतिक मञ्चमा गाउन नसुहाउने टिप्पणी गर्दै उनले भने, ‘बजारमा एउटा गीत ‘म त ढलेँ, ढलेँ, ढलेँ अलि प्रचारमा छ। त्यस्तै, आमरुपमा राजनीतिक नेताहरूले गाएको सुन्छु, सरकार ढल्यो, ढल्यो, आज ढल्यो, भरे ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, राति ढल्यो। पुससम्म ढल्याे, माघसम्म ढल्याे। गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरूमा सुहाउला। राजनीतिमा त्यति सुहाउँदैन। एक जना माननीयले यो श्लील नभएको टिप्पणी आएको थियो। यस्तो गीतलाई किन बल गरिराखेको होला ?’

विपक्षमा रहेका साथीहरूले यस्ता कुरामा आफ्नो समय व्यर्थ फालिरहेको जस्तो लागेको ओलीले बताए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.