समृद्ध र समुन्नत डडेल्धुरा बनाउन मेरो उम्मेदवारी : शाही

dream cafe
learnar

डडेल्धुरा । आसन्न मंसिर ४ गते हुने निर्बाचनमा डडेल्धुरा प्रदेश सभा २ बाट उम्मेदवार बन्नु भएका एमाले डडेल्धुराका नेता गजेन्द्र शाहीले आफ्नो उम्मेदवारी कसैप्रतिको प्रतिसोध र इगोका रुपमा नभई समृद्ध र समुन्नत डडेल्धुरा बनाउनका लागीे उम्मेदवारी रहेको बताउनु भएको छ ।
२५ बर्षको युबा उमेरमा डडेल्धुरा जिल्लाको जिल्ला सभापतिमा निर्बाचित भएका शाहीले कुसलता पुर्वक पाँच बर्ष जनप्रतिनिधीको जिम्मेवारी निर्बाह गरेको बताउनुहुन्छ । डडेल्धुराको समग्र बिकासको मार्गचित्र निर्माण गरि अघि बढेका शाहीले समग्र जिल्लाको सडकको गुरुयोजना र ६ बर्ष रणनितिक योजना निर्माण गरेको बताउहुन्छ । शाही जिल्ला सभापति भएर जिल्लाका २० वटै गाविसको वस्तु स्थिति र भुगोल, बिकासका सम्भावना, समस्या र चुनौती कृर्षि पर्यटन, खानेपानी, सिचाई, शिक्षा र स्वास्थ्यका आधारभुत तहसम्म पुग्ने गरि काम गरेको अनुभव रहेको बताउनुभयो ।


नेकपा माओबादीका तत्कालिन नेता बाबुराम भटराई नेतृत्वको टोलीले २०५२ साल फागुन १ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सुत्रिय माग राखेर ज्ञापनपत्र बुझाएको स्मरण गाराउदै नेता शाही भन्नुहुन्छ, तत्कालिन मागहरु केही सम्बोधन हुन सक्ने थिए भने केही माग पुरा गर्न सकिने अबस्था थिएन । माओबादीले सशस्त्र विद्रोहको घोषणा गर्दै अघि बढ्यो र मुलुक सशस्त्र द्धन्द्धको सिकार भयो । डडेल्धुरामा पनि थुपै सर्बसधारणहरुलाई तत्कालिन माओबादीले आफ्नो पार्टिमा लाग्न उर्दिजारी गरेको थियो ।

Ird
HARDIK AGRo NEw

तत्कालिन समयमा माओवादीलाई सहयोग नगर्नेलाई जनकारबाहीका नाममा हत्या, लुटपाट र गाँउ निकाला गर्ने अभियानको थालनी भयो भने उता राज्यपक्षबाट पनि माओबादी युद्धलाई प्रतिबन्द्ध गर्दे माओबादीलाई सहयोग गरेको नाममा सर्बसधारण माथी ज्यादतीका घटना सुरु भयो, नेता शाहीले भन्नुभयो । शाहीले भन्नुभयो, दुईवटैका ज्यादतीका बिरुद्ध हामी लाग्यौ र थुप्रैको ज्यान बचाएका छौं मलाई त्यतिबेलाको झलझल्ती याद आउछ ।

अहिले मुलुकको यो अबस्था सिर्जना गर्ने दुईटै शक्तिका बिच चुनाबी गठबन्धन भएर जनताका माँझ संगै हिडिरहेको देख्दा अचम्मीत नमान्नुहोला नेता शाहीले भन्नुभयो, तत्कालिन माओवादीले शेरबहादुर देउवालाई आफ्ना मागको सुनुवाई नगरेको भन्दै कैलालीको अम्खैयामा गुडीरहेको गाडीमाथी गोली हाने तर संयोगवस बाँचे भने तत्कालिन सरकारको नेतृत्व गरेका देउवाले माओबादीका नेता प्रचण्ड र बाबुरामको टाउको काटेर ल्याउनेलाई ५० लाख पुरुष्कार घोषणा गरियो र आज ति दुबै शक्तिहरु घाटी जोडर एकै चुनाब चिन्ह बोकेर भोट माग्दैछन नेता शाहीले भन्नुभयो ।

माओवादीको सशस्त्र बिद्रोह शत्ता र कुर्सिका लागी रहेछ र काँग्रेसको चरित्र शत्ताका लागी जे पनि गर्न तयार हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । शाहीले भन्नुभयो, डडेल्धुराका ग्रामिण सडकहरु खानेपानी र सिचाईका कामहरु प्रर्याप्त मात्रामा भएका तर तिनीहरुलाई थप व्यस्थित गर्दै लैजाने योजना थियो तर तत्कालिन अबस्थामा हिसात्मक जनबिद्धोहका कारण काम गर्न सकिएन । नेता शाहीले भन्नुभयो, डडेल्धुराको बिकास र समृद्धीका लागी मेरो अनुभब र बुद्धि बिवेक र क्षमताले भ्याएसम्म जनताको सेवा गर्ने र समुन्नत र समृद्ध डडेल्धुरा बनाउने सपना बोकेर प्रदेश २ मा उम्मेदवारी दिएको छु ।


डडेल्धुरामा थुपै कृर्षि क्षेत्रका सम्भाबनाहरु छन र जडीबुटीहरु छन तर कृर्षिमा आधारीत साना तथा मझौला खालका उद्योग संचालन गरेर यहाँको बेरोजगारी हटाउने प्रमुख लक्ष्य हुनेछ । शिक्षा, स्वास्थ्य र उच्च प्राविधिक शिक्षालयहरुको स्थापना गर्दे समग्र डडेल्धुराबासीको सहज पहुँचमा पुगाउने मेरो प्रयास रहने छ शाहीले भन्नुभयो ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.