धनगढीमा माओवादी केन्द्र परामर्श समिति बैठक बस्दै

dream cafe
learnar

नेकका (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श समिति बैठक बुधबारदेखि धनगढीमा सुरु हुँदै छ। यही भदौ १३ गतेसम्म सञ्चालन हुने उक्त बैठकमा सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र पदाधिकारी सहभागी रहेन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार गत साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार आजदेखि सुदूरपश्चिमको बैठक बस्ने छ। बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

यसअघि गण्डकी प्रदेशस्तरीय केन्द्रीउ परामर्श बैठक सोमबार सकिएको थियो।

यसैगरी, अब भदौ १४ र १५ गते कर्णाली प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसहितको परामर्श बैठक बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

त्यस्तै, भदौ १६ र १७ गते लुम्बिनीमा, भदौ १९ र १९ गते तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक, भदौ २२ र २३ गते मधेश प्रदेशमा, भदौ २४ र २५ गते १ नं प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक, भदौ २७ र २८ गते ज.व.स. मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक, भदौ ३१ र असोज १ गते प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक र असोज २ र ३ गते ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक बस्ने छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.