बोहरा मेडिको सेन्टर

कल्भर्टमुनि भेटियो वडाध्यक्षको शव

dream cafe
learnar

महोत्तरी : महोत्तरी रामगोपालपुर नगरपालिका वडा नम्बर- २ का अध्यक्ष मुकेश यादवको शव फेला परेको छ।

बर्दिबास नगरपालिका- ८ मा पर्ने बर्दिबास- जलेश्वर सडक खण्डको कल्भर्टमुनी आज बिहान यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।

CNA
GBL NEW

‘म अहिले घटनास्थलमै छु। शव र यादव सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल पनि घटनास्थलमै छ,’ उनले  भने, ‘घटनाको अनुसन्धान चलिरहेको छ।’

वडाध्यक्ष यादव गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। वडाध्यक्ष यादव मृत भेटिएपछि अहिले बर्दिबास जलेश्वर सडक खण्ड अबरुद्ध छ।

स्थानीयले घटना शंकास्पद रहेको दाबी गरेका छन्। तर, डीएसपी जयसवालले भने अहिले नै यादवको मृत्युको कारण भन्न नसकिने बताए।

घटनास्थलमा अहिले ठूलो संख्यामा स्थानीय भेला भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.