बोहरा मेडिको सेन्टर

के परराष्ट्र मन्त्री आरजुसँग भारतीय प्रधानमन्त्री मोदीले भेटवार्ता गर्दैछन् ?

dream cafe
learnar

काठमाडौं : भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार बेलुकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने भएकी छन्।

परराष्ट्र स्रोतका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको हो। मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन्।

CNA

परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो।

Bohora ma 1

मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरे।

भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग सोमबार दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गर्दैछन्।

मन्त्री राणाको यो भ्रमण नेपालभारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदान(प्रदानको परम्पराअनुसार नै भएको मन्त्रायले जनाएको छ। राणा यही भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.